Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फालेकी नानी पाल्न सकस

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
फालेकी नानी पाल्न सकस
ShareTweetSend

पोखरा । गत जेठमा पोखरा रंगशाला छिर्ने मुल सडक कालोपत्रे गर्ने काम भईरहेको थियो । मजदुरको समूहमा एउटी भर्खरकी युवती छोरी लिएर आएकी थिईन् । जेठको अन्तिमतिर दिउँसोपख ति युवती नजिकै जिल्ला खेलकूद विकास समिति कार्यालय पछाडी पुगिन् र कार्यालय सहयोगी विभा विकलाई छोरी समाईदिन आग्रह गरिन् । अहिले मंसिर आधा भयो झण्डै ६ महिनासम्म विकले नानी समाईरहनुपरेको छ । युवती छोरी लिन फर्किनन् ।

विभाले बेलुकीसम्मै युवतीले जहाँ नानी छाडेकी थिईन्, त्यहाँ बसेर बाटो हेरिरहिन् । अहँ, युवती आईनन् । भदौ २९ मा बालदिवस मनाईरहँदा अर्काको नानी विभाको काखमा परेको ठ्याक्कै तीन महिना बितिसकेको थियो । बालवालिका सम्बन्धी ऐन, २०४८ को दफा ४ र ५ ले बालबालिका बाबु आमा वा संरक्षकबाट पालित पोषित हुने अधिकार राख्ने छन् भनिएको छ । तर जिम्मेवारीबाट पन्छिदैं आमाबाट फालिएकी ति नानीको संरक्षकको भूमिका बाध्यताले आईलागेको विभाको पनि आर्थिक अवस्था कमजोर बनेपछि उनको भविष्य अनिश्चित बनेको छ ।

‘पातली पातली भर्खरकी बहिनी छोरी लिएर यहाँ आइरहन्थिन् । एकछिन हेर्नु न दिदी म आईहाल्छु भनेर छोरी थमाएर गईन्’– विकले भनिन्– ‘मेरो त गाडी भाडा पनि छैन भनेर ५० रुपैंया समेत लिएर गएकी हो । झोला समेत छाडेर गएकी छिन् । जस्ताको तस्तै राखेको छु ।’ झोलामा भएको अस्पतालको कागजअनुसार नानी जेठमै एक वर्ष पुरा भएकी रहिछन् तर उमेर अनुसार ह्ष्टपुष्ट थिईनन् ।

‘म सँग टाँसिहाली नानी । दुई वटा विस्कुट र पानी सर्लकै खाईन् । आमाचाहिँ आउला भनेर कुरेँ, कुरेँ अहँ आउँदै आईनन् ।’– बिकले त्यो दिन सम्झिईन् – ‘नआएपछि घर लानैप¥यो । नातिनी उमेरकी माया लागिहाल्यो ।’ विभा रंगशाला परिसरमै बस्छिन् । आमाको प्रतिक्षामा रहेपनि हरेक दिन निराश भएपछि सबैको सल्लाह अनुसार एसओएस संस्था गुहारिन् । उनका अनुसार एसओएसले प्रहरी रिपोर्ट माग्यो । उनी वडा प्रहरी कार्यालय रामबजार पनि गईन् । ‘पुलिसले त अर्काको बच्चा अरुलाई नै देउ भन्यो । अब आमाले नै फालेर गईन् त म कता खोज्दै जाउँ ?’

एक युवतीले आफ्नी छोरी जिल्ला खेलकूद विकास समिति कार्यालय सहयोगी विभा विकलाई लिईदिन भनिन् । छ महिना भईसक्यो, फर्केर आईनन् । आर्थिक अवस्थाले छोरी पाल्न बिकलाई समस्या भएकाले सहयोगको अपेक्षामा छिन् ।

दिन बित्दै गयो । स्याहारसुसार गरेसँगै माया बढ्दै गयो । नानीले अहिले बिकलाई एकछिन् छाड्दिनन् । बिकका श्रीमान्ले नानीलाई झनै माया गर्छन् । ‘चुरोटले पोलेजस्तो कुहिएको टाउको थियो । औषधोपचार गरेँ । दिशापिशाव सुकिसकेको बच्चालाई नुहाईधुवाई गरेँ’– उनले भनिन्– ‘म भन्दा बढि स्याहार श्रीमानले गर्नुभयो । केहि कुरामा घिन मान्नुभएन । अब त यो नानी कसलाई दिनु ?’ यसो भनिरहँदा युवतीले नानीलाई टाँसो लगाएको ठाउँमै विभा थिईन् । ति नानी भने दुवो ओच्छाईएको भुईंमा खेलिरहेकी थिईन् ।

धेरैले बच्चा लिन खोजेको भएपनि आफूले नदिएको उनले सुनाईन् । ‘कति जनाले लिएन आए, मैले दिईनँ । उसकी आमा आए त अब मलाई कति गाह्रो होला । कहाँ विक्री गर्छु र ? कुकुरको बच्चा त एक रात राखेसी माया लाग्छ ।’ विभा रुन थालिन् ।

जिल्ला खेलकूद विकास समिति कार्यालयमा सहयोगी भएर उनले २०५१ सालदेखि काम गरेको कार्यालय प्रमुख प्रकाश बरालले जनाए । विगत २३ वर्षदेखि त्यहाँ कार्यरत विभा बिकलाई अहिले बच्चाकै कारण काम गर्न कठिनाई भएको छ । ‘मेरो श्रीमान मजदुर हो । ठ्याक्कै चार महिना त यही नानी हेर्न पर्दा काममा जान पाउनुभएन ।’ – विकले भनिन्– ‘मेरो काम सबै मुन्द्राले भरिउको थियो । बेचेर यत्रो बनाएँ । अब मलाई बच्चा दिन होईन बच्चा पाल्नका लागि कसैले केहि सहयोग गर्छ कि भन्ने आश हो ।’

उनलाई अब आमा फर्किन्छिन् भन्ने आश छैन । ‘एक दिन पृथ्वीचोकमा देखेँ । छोरी लैजाऊ भनेँ तर होईन भनिन् । बाईकमा पछाडी चढेर हुँईकिन् ।’ विकले भनिन् । अब विक दम्पती पनि नानी नभई नबाँच्ने र डेढ वर्षीया नानीले पनि आमा नै ठान्न थालेपछि अरुको जिम्मा लगाउने अवस्था छैन ।

थाहा हुनेले केहि पैसा दिने गरेको जनाउँदै विकले छिमेकीले पनि मनलाग्दी भन्ने गरेको दुःखेसो पोखिन् । ‘पाल्न मन लागेर पालेको भनेको छ । कसैले आर्थिक सहयोग गर्न खोजे पनि कोहिकोहिले अनेक झुट्टा आरोप लगाएर भाँड्दो रहिछन् ।’ फेरि रुँदै उनले थपिन्– ‘आफू पनि सहयोग नगर्ने अनि सहयोग गर्नेलाई पनि व्यक्तिगत लाञ्छना लगाएर भाँड्ने गरेका छन् । यो नानीको भविष्य बनाउन पाए हुन्थ्यो ।’ कोहि मनकारीको सहयोगले नानीलाई आफ्नै संरक्षणमा हुर्काउने उनको ठूलो धोको छ ।

केन्द्रिय बाल कल्याण समितिका बालअधिकार श्रोत व्यक्ति बद्री वाग्लेले यसरी अर्काको बच्चा प्रक्रिया पूरा नगरी राख्नु गैह्रकानुनी भएको बताए । उनले भने– ‘यो विषयलाई गम्भिर रुपमा हेर्नुपर्छ । बाल कल्याण अधिकारीले संरक्षक तोकेर दिन सक्छ । यसको लागि निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । कसैकसैले कानुनलाई छलेर राखेका छन् ।’ बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा २१ मा एकाघरमा कोहि नहुने बालबालिकाको संरक्षणको विषय रहेको र त्यसमा संरक्षक नियुक्ति गर्न सक्ने, यसका लागि विभिन्न शर्त तोकेको वाग्लेले बताए ।

यस्तै, महिला तथा बालबालिका कार्यालयकी बाल संरक्षण अधिकृत बिन्दु भण्डारीले कानुनी प्रक्रिया पुरा गरेर लिन सकिने बताउँदै नत्र राज्यले नै संरक्षण गर्ने बताईन् । ‘संरक्षक हुन सक्ने क्षमता छ भने प्रक्रिया पुरा गर्न सकिन्छ । राज्यको के सहयोग चाहिन्छ हामी तयार छौं । यदि सक्नुहुन्न भने हामीले लिनुपर्ने हुन्छ । अभिभावक खोज्छौं ।’ उनले भनिन्– ‘उसका बाबुआमा फेला नपरेको जानकारी कार्यालयमा दिन र त्यसपछि संरक्षककै आग्रह अनुसार अघि बढ्ने हुँदा नानी पाल्न पाईदैं कि भनेर नडराउन आग्रह गर्छौं ।’ उनका अनुसार बाबुआमाको टुंगो नलागेका अधिांशको घटना यस्तै रहने गरेको छ ।

धर्मपुत्र/पुत्री राख्ने र धर्मपुत्र/पुत्री बस्ने बिचको सम्बन्ध जैविक वा प्राकृतिक सम्बन्ध नभई कानूनबाट स्थापित सम्बन्ध हो । दुई पक्ष बीचमा कानूनले तोकेको सर्तको अधीनमा रहि हुने आपसी सहमतिका आधारमा कानूनबमोजिमको लिखत भएपछिमात्र धर्मपुत्र तथा धर्मपुत्रीको हक र दायित्व सिर्जना हुने गर्दछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
गण्डकी क्षेत्र

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
गण्डकी क्षेत्र

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 1

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
Breaking 2

स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक
गण्डकी क्षेत्र

भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक

by राम बहादुर रोकाहा
2026 July 18 मा प्रकाशित
काठमाडौंको केन्द्रीय कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा एकै दिन १३ जना फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 July 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

2026 July 19 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

2026 July 19 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ

स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे

2026 July 19 मा प्रकाशित
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक

भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक

2026 July 18 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews