Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सराङकोट डेटिङमा प्रहरीले नै आतंकित पारेपछि …

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
सराङकोट डेटिङमा प्रहरीले नै आतंकित पारेपछि …
ShareTweetSend

पोखरा  । एक प्रेमिल जोडी मंसिर ९ गते पनि पोखराको पर्यटकीय गन्तव्य सराङकोट डाँडा जाने योजना बुन्छन् । दिउँसो ३ बजेतिर सराङकोट पुग्छन् । यो उनीहरुको दोस्रो ‘डेट’ थियो । त्यसको तीन दिन अघि सोहि ठाउँमा पुगेका थिए । त्यहाँ आफूजस्ता धेरै जोडीहरु देखेपछि डेटिङ स्पट कै रुपमा सराङकोटलाई यो पल्ट पनि चयन गरे । पहिलो भेटमा दिनभर गफगाफमा भुलेर साँझ परेपछि फर्केका उनीहरुबीचमा दोस्रो ‘डेट’ मा भने प्रहरी फिल्मी ‘भिलेन’ को शैलीमा प्रस्तुत भए ।

सराङकोटको पिकनिक स्थल जाने जंगलको बाटोमा स्कुटर रोकेर बसिरहेका उनीहरु फोटो खिच्न व्यस्त थिए । कहिले अंगालोमा गफिन्थे, कहिले सेल्फी खिच्थे । उनीहरुको गतिविधिलाई प्रहरीले पहिल्यै निगरानीमा राखिरहेको थियो । एक जुनियर अधिकृत र जवान थिए । ‘सार्वजनिक ठाउँमा के गरी बसिरहेको तिमीहरु ? यस्तो ठाउँमा यसरी बस्ने हो ?’ एक तारे फुली लगाएका प्रहरीले युवकलाई प्रश्न तेर्साए । ‘सर के गरेका छौं र ? बसिरहेको त हो ।’, ‘खोई ब्लुबुक, लाईसेन्स दे ।’ युवक आत्तिए, बुझाए । प्रहरीले युवक र युवतीको अभिभावकको नम्बर मागे ।

सोहि समय ति प्रहरी जुनियर अधिकृतलाई कसैको फोन आयो । उनी फोनमा गफिए । ब्लुबुक÷लाईसेन्स प्रहरीकै नियन्त्रणमा थियो । ‘होटल जाने पैसा नभएर तिमीहरु जंगल आएको ?’ भनेर प्रश्न गरे । अर्को प्रहरी जवानदेखि अलि पर गएर ति असईले पर्स मागे । युवकले पर्स समेत दिए ।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्साल र प्रहरी नायव निरीक्षक नेत्र केसीसँग आफूमाथि भएको दुव्र्यवहारबारे युवकले यसरी घटनाक्रमको बेलिविस्तार लगाए । दुव्र्यवहारमा उत्रने प्रहरी थिए सराङकोट प्रहरी चौकीको कमाण्ड नै सम्हालेका असई रामु भण्डारी र साथमा जवान खगेन्द्र खड्का । प्रहरीबाटै दुव्र्यवहार भएको सूचना प्रहरीसामु पुगेपछि शनिबार बिहानै क्षेत्राधिकार रहेको वडा प्रहरी कार्यालय बगरले भण्डारीलाई तानिसकेको थियो ।

युवकले माथिको फेहरिस्त प्रस्तुत गरिरहँदा सामुन्ने रहेका भण्डारीले कुरा काट्न सकेनन् । तर, सार्वजनिक स्थलमा अपाच्य हाउभाउका कारण गुनासोको आधारमा सोधपुछ गरेको उनले प्रष्टिकरण दिए । भवितव्य घटना नहोस् भन्ने हेतुले नम्बर माग्नुको कारण खोले । पर्स समेत नियन्त्रणमा लिएको उनले स्वीकारे । यहाँसम्म विवाद भएन ।

प्रहरी अगाडि १८ वर्षीय ति युवकको हात डरले कामिरहेका थिए । एक महिना अघि मात्रै बाह्य जिल्लाबाट कामका लागि पोखरा आएका ति युवक प्रहरीको व्यवहारबाट त्रसित रहेछन् । युवती पनि पोखरा बाहिरकै हुन् । उनलाई घटनाबारे नबंग्याईं ढुक्कले अघि बढाउन सई नेत्र केसीले ढाढस दिए । उनले फेरि बेलिविस्तार लगाए । ‘मसँग पर्समा आठसय ५० रुपैंया मात्र थियो ।’, ‘यत्ति हो पैसा, ३–४ हजार बोक्नुपर्दैन ?’, ‘सर यति मात्रै छ । हजुरलाई चाहिन्छ भने राख्नुस्’, ‘यतिले के हुन्छ र ?’ कुराकानी लम्बियो । प्रहरीले यति भनेपछि युवकले अहिले छाडिदिन र पछि दिने वाचा गरे । युवती पनि रोईन । युवकले थपे– ‘मैले दाइसँग कुरा गर्न खोजेँ, हामी दुवै जनाको मोबाईल लिईदिनुभयो ।’

असई भण्डारीले कुरा काटे । आफूले पैसा नलिएको जिकिर गरे । विहिबार भएको घटनाकै विषयलाई लिएर शुक्रबार दिउँसो ४ बजेर १२ मिनेटसम्म नै कुराकानी भएको युवक र युवकका भाइको मोबाईल कल रेकर्डमा देखियो । पहिलो फोन असई भण्डारीले नै गरेको, बुबालाई कल गरिदिने धम्की समेत असई भण्डारीले दिएको कल रेकर्डमा सुरक्षित छ । युवक पनि युवतीको अन्तै विहे हुने कुराले घटना बाहिर ल्याउन नचाहेको, युवकको भाइले आफू पनि कुनै संस्थासँग आबद्ध व्यक्ति भएकोले कुरो टुंगाउन भनेका थिए ।

‘हुनै नहुने घटना हो । व्यक्ति खराब हुन सक्छन्, संगठन बदनाम हुनुहुन्न। यसलाई गम्भिर रुपमा लिन्छ । पैसा फिर्ता गर्न भनेको छु । विभागीय कारबाही हुन्छ ।’ – एसपी अर्याल
‘किस समेत गरेका थिएनौं । पर्समा भएको आठ सय ५० लिनुभयो । बाँकी पैसा पछि दिन्छु भनेको थिएँ । भोलिपल्ट पनि फोन गर्नुभयो ।’ – युवक
युवकले पैसा दिएको सविस्तार वर्णन गरिरहँदा असई भण्डारीले पटक्कै स्वीकारेनन् । विहीबारको घटनालाई लिएर गलत आशयका साथ पुनः सम्पर्क गरिरहेको कल रेकर्ड र भ्वाईसबाट ठहर भयो । युवकले त्यसपछि आफू दुव्र्यवहारमा परेको भन्दै आवश्यक कारवाहीका लागि निवेदन दिए । उनलाई विभागीय कारबाहीको लागि प्रक्रिया अघि बढाईएको छ । यस सम्बन्धमा प्रमुख लम्सालले राष्ट्र र नागरिकको सेवा गर्न जिम्मेवारी बोकेका प्रहरीले उल्टै दुःख दिनु, आर्थिक प्रलोभनमा पर्नु, पैसा लिनु, मानसिक तनाव दिनु अत्यन्त दुःखद कुरा भएको प्रतिक्रिया दिए ।

राष्ट्र सेवक प्रहरीको एक जिम्मेवार प्रहरी सहायक निरीक्षकबाट संगठनकै बदनाम हुने किसिमको हर्कत भएकोमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले आक्रोश पोखे । ‘मैले थाहा पाएँ, हुनै नहुने घटना हो । व्यक्ति खराब हुन सक्छन्, संगठन बदनाम हुनुहुन्न। यसलाई गम्भिर रुपमा लिन्छ । किशोरजीलाई सबै प्रक्रिया अघि बढाउन भनिसकेको छु । पैसा फिर्ता गर्न भनेको छु । विभागीय कारबाही हुन्छ ।’ उनले प्रतिक्रिया दिए । पैसा लिए/नलिएको बारे दिने र लिनेबीच विवाद भएपनि शुक्रबार पटक–पटक भएको कुराकानी र शनिबार बिहान पैसा मैले कैले लिएँ ? भनेर सम्पर्क गर्नुले असई भण्डारीको नियत ठीक नभएको निश्कर्षमा प्रहरी पुगेको छ ।

यस विषयमा थप अनुसन्धान हुने तर कमजोरी देखिसकिएकाले संगठनको नीति अनुसार नै कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार भण्डारी प्रहरी सहायक निरीक्षकका रुपमा पास आउट भएर फिल्डमा खटिएको आधा वर्ष जति मात्र भयो । वडा कार्यालय बगरमा रहेका उनी डेढ महिना अघि मात्रै सराङकोट कमाण्ड सम्हाल्ने गरी पोष्ट भएका थिए । प्याराग्लाडिङ व्यवसायबाट नियमित कर उठ्न नसकिरहेको सन्दर्भमा भण्डारी गएपछि मासिक तीन लाखसम्म उठाएपछि उनले गर्न सक्छन् है भन्ने प्रहरी सिनियर अधिकारीलाई नै लागेको थियो । ‘सराङकोट पर्यटकीय क्षेत्र भएकोले पाको भन्दा अंग्रेजी बोल्न सक्ने युवालाई नै अवसर दिईएको थियो । राम्रै गरेका थिए । केहि सय रुपैैंयामा यसरी अल्झन्छन् भन्ने लागेको थिएन । बदमासी देखियो । ’ प्रहरी स्रोतले भन्यो ।

सार्वजनिक स्थलमा अपाच्य गतिविधि कानुन वर्जित कार्यकलाप हो । प्रहरीले यस्तो क्रियाकलापबाट अरुलाई असर पुगेको खण्डमा सार्वजनिक मुद्धा चलाउन सक्छ । यस घटनामा भने त्यस्तो भएको देखिएन । असई भण्डारीले मोबाईलमा आफूले प्रमाण छ भनेपनि युवकले आफूहरुबीच किस समेत नभएको तर संगै बसेको बताउँदा उनले प्रमाण पेश गर्न सकेनन् । पटक–पटक कल गरेको सन्दर्भमा असई भण्डारीले आफूले उनीहरुको अवस्थाबारे बुझेको बताए । ब्लुबुक लाईसेन्स दिएर छाडिसकेको अपरिचित व्यक्तिलाई पुनः सम्पर्क गरेर सो विषयमा कुरा गर्नु र उनको भनाईमा तारतम्य मिलेन ।

नेपालको प्रचलित कानुनमा असहमति भए महिला हिंसा, सहमति भए अश्लील व्यवहारका रुपमा लिएको छ । दुबैपक्षको सहमतिमा सार्वजनिक स्थलमा अभद्र एवं अस्वाभाविक क्रियाकलाप देखाइयो भने त्यो अश्लील हर्कत हुन जान्छ । सार्वजनिक स्थलमा गरिने अस्वाभाविक क्रियाकलापलाई पनि आपराधिक कार्य अन्तरगत राखेको छ । पारित भईनसकेको फौजदारी कसुरसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१ को दफा १२५ मा कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुंदैन लेखिएको छ ।

त्यसैगरी सोही विधेयकको दफा १२० ले सार्वजनिक स्थलमा यौनांग देखाउने वा अश्लील व्यवहार गर्नेमाथि सजायँको व्यवस्था गरेको छ । सो दफामा लेखिएको छ, ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनांग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन ।

(गोपनियताको कारण युवक र युवतीको परिचय खुलाईएको छैन ।)

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोट नगरसभाबाट दुई ऐन पारित
गण्डकी क्षेत्र

भीरकोट नगरसभाबाट दुई ऐन पारित

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
अपराध/सुरक्षा

अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग
गण्डकी क्षेत्र

भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
Main News 1

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
गण्डकी क्षेत्र

बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 January 11 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै
खेलकुद

स्याङ्जामा क्रिकेटको नयाँ ऊर्जा: खुमा अर्याल कप दुई चरणमा हुँदै, पालिकैपिच्छे टिम छनोटको तयारी

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोट नगरसभाबाट दुई ऐन पारित

भीरकोट नगरसभाबाट दुई ऐन पारित

2026 January 12 मा प्रकाशित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

2026 January 12 मा प्रकाशित
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग

भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग

2026 January 12 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

2026 January 12 मा प्रकाशित
बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

2026 January 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews