Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मुस्ताङको पर्यटनः सिजनमा गुलजार, जाडोमा सुनसान

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
मुस्ताङको पर्यटनः सिजनमा गुलजार, जाडोमा सुनसान
ShareTweetSend

मुस्ताङ । ‘बाईक नम्बर भन्नुस् ? लाईसेन्स नम्बर ? कति जनाको समूह ?’– मुस्ताङको छोसेङ स्थित ईलाका प्रहरी कार्यालयको पर्खाल छेको पारेर एक जवान चर्को गरी चिच्याए । उनको आवाजलाई हावाको बेगले सुन्न मुस्किल पारेको थियो ।

चीन सीमाको कोरला नाका जाने क्रममा अन्तिम मानव बस्ती भएको ठाउँ नै यही छोसेङ–८, नेचुङ हो । रेकर्ड राख्ने क्रम चलिरहँदा प्रहरी सहायक निरीक्षक जसबहादुर विश्वकर्मा टुप्लुक्क आईपुगे । ‘अहिलेसम्म त रमाईलो लागेको छ । अब हिँउ पर्छ । बाटो बन्द हुन्छ ।’ अपर मुस्ताङ हुँदै कोरला नाका हेर्नकै लागि मान्छेहरु यसरी अहिलेसम्म आएका थिएनन् ।’ वर्षमा दुइ–तीन पटकमात्र कोरला नाका खुल्ने गर्छ । नाका खुल्दा चीनबाट सामान ल्याउन व्यापारीको चहलपहल हुने भएपनि अन्य समयमा कोरला नाका नै हेर्न खासै त्यहाँ पुग्दैनन् । कोरला नाकाको भन्सार कार्यालय पनि प्रहरी कार्यालय प्राङ्गणमै छ ।

‘यो वर्ष कति जना कोरला नाका पुगे होलान् ?’ यो प्रश्नमा उनी अकमकिए । ‘तपाईंहरु फर्कदाँसम्म ठीक पारेर राख्छु’ । लोमान्थाङबाट आएको टोली छोसेङ हुँदै अघि बढ्यो । त्यहाँबाट कोरला नाका पुग्दासम्म नम्बर प्लेट नभएको चिनियाँ बाईकमा दुई जना बाहेक अन्य कोहि भेटिएन । कच्ची बाटो, हिँउ बहेको खोला छिचोल्दै त्यहाँ पुग्न अत्यन्त कठिन छ । बाह्य पर्यटकलाई अपर मुस्ताङ भ्रमणका लागि पाँच सय डलर तिर्नुपर्ने हुन्छ ।

कोरला नाकामा चिनियाँ तर्फबाट गेटमा ताला बन्द गरिएको छ । सोलारबाट सिसि क्यामेरा जडान गरिएको छ । मान्छे कोहि देखिएन । कोरला नाकाबाट लोमान्थाङ फर्कने क्रममा पुनः प्रहरी सहायक निरीक्षक विक बाहिरै देखिए । वैशाख १ देखि कार्तिक मसान्तसम्म दुई हजार छ सय ३३ जना कोरला नाका प्रवेश गरेको विकले जानकारी दिए । ‘यसमध्ये महिलाको संख्या छ सय ७३ छन् । कोरला नाका हेर्नकै लागि पुग्ने भने अत्यन्त कम छन् । मोटरसाईकलमा आएका युवाको टोली मात्र त्यहाँ पुग्ने हिम्मत राख्छन् ।’ विकले भने ।

वैशाखदेखि कार्तिक मसान्तसम्म दुई हजार छ सय ३३ जना कोरला नाका पुगेका छन् । दशैं र तिहार छेकोमा मात्रै झण्डै एक लाख आन्तरिक एवं बाह्य पर्यटक हवाई तथा सडकमार्ग भएर मुस्ताङ छिरेका छन् । मंसीर १५ देखि अपर मुस्ताङमा सवारी नचल्ने र जाडो समय सुरु भएकाले मुस्ताङ ट्रिप सिजन अन्त्यतिर पुगेको छ ।

जोमसोमदेखि अपर मुस्ताङसम्म जीप चल्ने गर्छ । मंसीर १५ देखि जीप सेवा बन्द हुने अपर मुस्ताङ जिप व्यवसायी समितिका एक कर्मचारीले जानकारी दिए । अब बाटोभरी हिँउ पर्छ । गाडीलाई हिँउले बाटो छेक्छ । अहिले नै समरदेखि भेना भन्ने गाउँसम्मको बाटो अत्यन्त खतरनाक छ । यातायातमा सिण्डिकेट कायमै छ ।

तल्लो मुस्ताङका जिप बस उपल्लो मुस्ताङ प्रवेश गर्न पाउँदैन । उपल्लो मुस्ताङका व्यवसायीले पनि आफ्ना जीप जोमसोम चलाउँदैनन् । जोमसोमदेखि छुसाङसम्म मात्रै तल्लो मुस्ताङको जीप चल्ने गर्छ । त्यसपछि यात्रुले सवारी फेर्नपर्ने बाध्यकारी अवस्था छ । व्यवसायीहरु यसरी नै सहमत भएर अघि बढेकाले प्रशासनले केहि गर्न सकेको छैन । यद्यपी, पहिले जस्तो सिण्डिकेट अहिले नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेल दाबी गर्छन् । ‘हामीले बुझेको, देखेको भन्दा यहाँ अलि भिन्न पाएँ । म भर्खरै यहाँ आएकोले बुझ्दैछु ।’ पोखरेलले भने । जोमसोममा खान बस्न अत्यधिक महंगो रहेको, उपल्लो मुस्ताङमा एउटै अण्डा पकाएको एक सय ७०, चाउचाउ साँधेको दुई सय रुपैंया लिएर पर्यटकमाथि मनोमानी गरेको विषयमा उनले यसबारे आफू जानकार नरहेको बताए । मुस्ताङ पुग्ने पर्यटक मुक्तिनाथ दर्शन गर्न छुटाउँदैनन् । अहिले मन्दिर दर्शन गर्न लाईन नै लाग्नुपर्ने अवस्था छ ।

कागबेनी झरेर छुसाङ हुँदै अपर मुस्ताङ जाने क्रममा कतिपय ठाउँमा मोबाईल नेटवर्कले काम गर्दैन । मुख्य गाउँमा रहेको प्रहरी चौकीले आवश्यक परामर्श दिईरहेको मुस्ताङका प्रहरी निरीक्षक राजकुमार चौधरी बताउँछन् । पर्यटकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको उनले जनाए ।

महिनामै लाख पर्यटक

यो वर्ष जस्तो आन्तरिक पर्यटक कहिल्यै मुस्ताङ पुगेका थिएनन् । दशैं तिहारको छेकोमा वर्षकै सबैभन्दा धेरै पर्यटक मुस्ताङ उत्रे । म्याग्दीबाट मुस्ताङ जिल्ला प्रवेशसँगै घाँसामा सवारी र यात्रुको रेकर्ड राख्ने गरिएको छ । असोज २५ गते दशैं टीकादेखि कार्तिक २६ गतेभित्र ४१ हजार बढि सडकमार्ग भएर मुस्ताङ पुगेको प्रहरी चौकी घाँसाका प्रहरी सहायक निरीक्षक योगेन्द्र यादवले जानकारी दिए । राउण्ड अन्नपूर्ण पदमार्ग भएर ट्रेकिङ जाने र हवाई मार्गबाट मुस्ताङ भित्रिनेको संख्या पनि उत्तिकै छ ।

दशैं र तिहारको बीचको समयलाई मुस्ताङ भ्रमणका लागि धेरैले छुट्याए । ‘दशैं लगत्तै युवाको ताँती नै लाग्यो । रेकर्ड राख्नै हम्मे हम्मे पर्ने अवस्था आयो’– असई यादवले भने– ‘एकै दिन झण्डै सात सय मोटरसाईकल प्रवेश गरे । दशैं सुरु हुने अघिको अवस्था त्यस्तै थियो ।’

विशेषगरी शैक्षिक भ्रमण टोली बस रिजर्भ नै गरेर आएको यादवले बताए । उनका अनुसार दशैं पछि मात्रै सात हजार बढि मोटरसाईकल मुस्ताङ गएको छ भने बस÷जिपको संख्या २५ सय नाघेको छ । दशैं सुरु हुनु अघिको संख्या झनै बढि रह्यो । साईकलतथा पैदलमार्ग भएर जानेहरु पनि छन् । असार देखि भदौसम्म भने वर्षा मौसम तथा गुईठे, कालोपानी, देवखोला लगायतका स्थानमा सडक भत्केका कारण सडक मार्ग भएर मुस्ताङ छिर्नेको संख्या कम रहेको यादवले जानकारी दिए ।

यस्तै, हवाई मार्गबाट पनि गएको महिना अक्टोबरमा वर्षकै सर्वाधिक पर्यटक मुस्ताङ ओर्लिए । विदेशी पर्यटकको संख्या पनि सोहि अनुपातमा बढेको छ । अक्टोबर महिनामा झण्डै ३७ सयले जहाजमा यात्रा गरेको नागरिक उड्डयन प्राधिकरण, जोमजोम कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले जनाए । पर्यटकको संख्या मात्रै दुई हजार रहेको छ । जनवरीदेखि अक्टोबर महिनासम्ममा १७ हजार बढिले जहाजमार्फत पोखरा र जोमसोम यात्रा गरेका छन् । १० महिनामा जोमसोम पुग्ने पर्यटक करीब ३२ हजार रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप), जोमसोमका सिनियर रेञ्जर सुरेश थापाले जनाए । अक्टोबर महिनामा जोमसोम पुग्ने पर्यटकको संख्या छ हजार छ सय ५७ छन् ।

अक्टोबरपछि मे महिनामा बढिले जहाज चढेका छन् । नोभेम्बर महिनामा पनि उत्तिकै बढ्ने अनुमान उनले गरेका छन् । यस वर्ष भारतीय पर्यटक सडकमार्ग तिर आकर्षित भएको अधिकारीले जानकारी दिए । ‘भारतीय पर्यटक ठूलो समूहमा आउँछन् । जहाजमा सिट नपाउने अवस्था छ । सडकमार्ग पनि सहज बन्दै जानु र रिजर्भ आउँदा सस्तो समेत पर्ने भएकाले उनीहरु हवाई मार्ग भन्दा उतैतिर आकर्षित भएको हुनसक्छ ।’ – अधिकारीले भने ‘कास्की र लमजुङबाट राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै आउनेहरु पनि छन् ।’ मुस्ताङबाट पोखरा फर्कनेहरु बढ्दैछन् । पोखराबाट जोमसोम पहिलो उडान बाहेक अन्य उडान खाली उडाउनुपरेको तारा एयर जोमसोमका स्टेशन म्यानेजर सुचन लालचनले बताए । जोमसोम गाविस सचिव राममणि ढकालले अघिल्लो वर्ष नाकाबन्दी भएकाले अत्यन्त न्युन पर्यटक आएपनि यो वर्ष जोमसोममा पर्यटकको संख्या वृद्धिले अत्यन्त चहलपहल बढेकोे बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
Breaking 2

वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा

by राम बहादुर रोकाहा
2026 June 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

2026 June 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews