Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सन्तान र सम्पतिले लखेटेपछि …

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
सन्तान र सम्पतिले लखेटेपछि …
ShareTweetSend

‘…..खूब रिसाउनेछिन्
आमा
जब उनले थाहा पाउनेछिन्
मैले उनको नाममा
केही अक्षर खिपिरहेको छु
ममताको प्रचार
आमालाई मन पर्ने छैन
झर्को मान्नेछिन् त्यागको लेखाजोखा देखेर
र आमाले भन्नेछिन् –
तेरो साँघुरो शब्दको तराजुले मलाई नतौली छोरा
मलाई तौलिन सक्दैनस्
जसरी पानीको उत्ताप छाम्न सक्दैनस्
जसरी धर्तीको आँसु देख्न सक्दैनस्
जसरी आकाशको खुइय्य सुन्न सक्दैनस् …’

युवा कवि राजा पुनियानीले ‘आमाको नाममा’ लेखेको कविताको यी हरफहरुमा आमाको त्यागको बारेमा अक्षरले लेखाजोखा गरेको स्वयं आमालाई नै मन पर्दैन । आँशु नदेखाएर, थकानले नगलेर सन्ततिका लागि सदा समर्पित आमाहरु आकाश, धर्ती र पानी जस्तै हुन् । यी महान आमाको त्यागलाई बिर्सेर सन्तानले नै आमा त्यागेपछि सन्तति विरुद्धकै अक्षर खिपाउन आमाहरु बाध्य हुन्छन् ।

पहिले ‘मर्लान् कि ?’ भनेर डराउने आमाहरु अहिले ‘मार्लान् कि ?’ भनेर रुँदै हिँड्नुपर्ने अवस्था छ । वृद्धावस्थाको सहारा भनेकै सन्तान र सम्पति हुन् । यी दुवै वैरी बनेपछि बृद्धाश्रममा आश्रय लिएर काल कुर्नु बाहेक अरु के रह्यो र ? जब बुढाबुढी हुँदै जान्छन् तब आफ्नै रगतबाट पराई बन्दै जाने तीतो यथार्थताको साक्षी बन्दै आएका छौं । सम्पतिकै निहुँमा सन्तानको बैरी बनेपछि अर्मला ६ कास्कीकी सुमित्रा खत्रीलाई बृद्धाश्रम बाहेक जाने ठाउँ कतै रहेन । ‘छोरीहरुले पाल्छु त भन्छन् नि । मर्ने बेला छोरीको परिवारलाई किन दुःख दिउँ ?’– उनले दुःखेसो पोखिन् । ७९ वर्षीया सुमित्रा बल्ल आएर मुख खोल्न बाध्य बनिन् । वात्स्यायन वृद्धाश्रममा जान तयार भएपछि मात्रै सार्वजनिक भएकी सुमित्रा घर र छोरोबुहारीको व्यवहारबारे धेरै खुल्न चाहिनन् ।

सुमित्रालाई छोराबुहारी, नातिनीको व्यवहार सम्झँदा निधारमा भन्दा बढि गाँठो मुटुमा पर्छ । घरमा सम्पतिको किचलो भएको चार वर्ष अघि नै हो । पटक–पटक घरेलु हिंसाको शिकार बनेकी उनलाई दुई वर्षअघि परिवारमै बोक्सीको आरोप लगाईयो । त्यसपछि पनि छोरोले निधार सुन्निने गरी पिटे, नातिनीले गाला चड्काईन् । जन्मेको एउटै छोरो सुखसाथ पाल्छन् होला भन्ने आश उनलाई थियो । ‘जेठी छोरीपछि तीनतीन जना खेर गए, छोरो पाईयो । ओहो ! अब के चाहियो ? भनेर कत्ति खुशी भएम् नि ।’– सुमित्रा त्यसपछि बोल्न सकिनन् । तर, नेपाली सेनाबाट अवकाशपछि विभिन्न देशमा रोजगारी गरेर फर्केका रामबहादुर केसीले सधैं टोकिरहने श्रीमती, छोरीहरुलाई सम्झाउनुको सट्टा आफै कुट्न अघि सरे । ५३ वर्षका रामबहादुर अहिले पोखराकै एक विद्यालयमा सुरक्षा गार्ड छन् । प्रशस्त सम्पति छ । छोरो भारतीय सैनिकमा कार्यरत छन् ।

‘जेठी छोरी पोखरा अमरसिंहमै छिन् । कान्छीको घर घार्मीखोला हो । छोरो यही हो उसको बारे के भनम् ? बुहारीको बारेमा त के भनेर साध्य ?’ सुमित्राले आफूलाई सम्हाल्दै थपिन् । १३ वर्ष अघि श्रीमान् नरबहादुरको शेषपछि छोरो रामबहादुरलाई सारा सम्पति नामसारी भयो तर आमासँग संयुक्त नाममा रहेको डेढ रोपनी जग्गा अहिले नै हत्याउन पाईएन भनेर रामबहादुर र बुहारी बसन्ती आमासँग यसरी चिढिएका रहेछन् ।

‘बाँचुन्जेल बचन नलगाई राम्रो गरिदिए त उनीहरुकै हो नि त्यो सम्पति । म लिएर जान्छु र ?’ –सुमित्राले रुँदै भनिन्– ‘अहिल्यै छोरोलाई नामसारी गर्नुपर्ने रे । मलाई कुन हालत बनाएको छ देख्नु भयो नै होला ।’ अहिले नै सम्पति हत्याउन नपाएपछि छोरो, बुहारी, नातिनी सबैको घृणाको पात्र मात्र उनी बनिनन् । घरै छाडेर वृद्धाश्रम पुग्नुपर्ने अवस्था आयो ।

७९ वर्षीया बृद्धाले व्यहोरेको पीडा अब सहनै नसकेपछि मात्र यसरी सार्वजनिक भएको हो । तैपनि उनी छोराबुहारीको नराम्रो होस् भन्दिनन् । ‘श्रीमानको निधनपछि डेढ रोपनी बाहेक सबै १७/१८ रोपनी छोरोलाई नामसारी भएको रहेछ ।’ अधिवक्ता शोभा पौडेल पराजुलीले भनिन्– ‘कानुनी उपचार खोज्न पहिलो पटक २०६९ चैत १४ मा हामीकहाँ आउनुभएपछि मिलाउन चार वर्ष प्रयास ग¥यौं । तर त्यही आमा र छोरा दुवैको नाममा रहेको डेढ रोपनी जग्गाकै कारण आमा वृद्धाश्रम जानुपर्नेसम्मको अवस्था आयो ।’

अधिवक्ता पराजुलीका अनुसार छोराबुहारीको हेला भएका कारण डेढ रोपनी जग्गा आफू बाँचुन्जेल छोरालाई एकलौटी हुन नदिने अडामा आमा छिन् । छोरो रामबहादुर भने त्यो जग्गा कि आफ्नो नाममा बनाउनुपर्ने कि त बेच्नुपर्ने दबाब दिन्छन् । जग्गा बेचेको रकम बैंकमा राख्ने र साँवा नचलाई ब्याज मात्र आमालाई दिने छोरोबुहारीको मनशाय छ । तर आमा सशंकित छिन् । मुद्धा फिर्तीपछि पनि दुई तीन पटकसम्म परिवारमा पुनस्र्थापित गरिएपनि आमालाई घर बस्ने वातावरण भएन । गाह्रोसाह्रो पर्दा नजिकैको जोगीमढिमा रहेको माईती, छोरीहरुको घर, छिमेकमा शरण पर्दै आएकी सुमित्रालाई भएको एउटै नाति कृष्ण पनि छुट्टी सकेर भारत फर्केपछि घर बस्ने वातावरण नै भएन । ‘नातिले त हजुरआमा म पाल्छु भन्थ्यो । आमा बेईमानी छिन् । जानेबेलामा पनि मुख नहेरी जा साईत पर्दैन भनेछन्’ – उनले थपिन्– ‘आमाबाउ जाति नभएर हो । तर पाप बोल्नु हुन्न, नबोलेपनि, बचन लाएपनि खान चाहिँ दिन्थे है ।’

यसबारे छोरा रामबहादुरसँग प्रतिक्रिया लिँदा नेपालीको घरमा सबैलाई यो पारिवारिक समस्या हुने बताए । ‘पुराना कुराहरु छाडिदिनुस् । हामीले सधैं राम्रो गरेका छाैँ, छरछिमेकलाई सोध्नुस् । समस्या धनी गरीब सबैको घरमा हुन्छ । तपाईंको पनि घरमा हुन्छ । आमाले जे भनिन् लेखिदिनुस्, मलाई केहि फरक पार्दैन ।’ – रामबहादुरले कुरा टुंगाए ।

यसैबीच, रेडियो जननी ९०.६ को माध्यमबाट अधिवक्ता शोभा पौडेल पराजुलीले वृद्धा खत्रीलाई पोखरा १८ स्थित वात्स्यायन वृद्धाश्रम पठाएकी छिन् । सो अवसरमा वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले अर्को आमा थपिएको जनाउँदै आमालाई खुशी बनाएर राख्ने बताए । रेडियो जननीका प्रबन्ध निर्देशक लक्की कार्कीले डोकोको कथा स्मरण गर्दै आज आमा मिल्क्याउने छोरोलाई भोलि उसको छोरोले पनि त्यस्तै व्यवहार गर्नेतर्फ सचेत तुल्याईन् ।

स्टेशन म्यानेजर विमला भण्डारीले जन्म दिने आमा र कर्म दिने आमाप्रतिको दायित्व छोराछोरीले भुल्न नहुने बताईन् । आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नविन सिग्देलले प्रहरी चौकी, वृद्धाश्रम नै आवश्यक नपर्ने सु-सभ्य समाजको निर्माण होस् भनेर सोच्नुपर्ने बेला यस्ता घटनाक्रमको साक्षी बस्दा पीडा हुने बताए । बृद्धाश्रममा हाल १४ जना बृद्धबृद्धा आश्रित छन् । कार्यक्रममा वृद्धाश्रम सचिव ललित बानियाँ, सदस्य बसन्त कार्की लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
Breaking 1

दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा

by राम बहादुर रोकाहा
2026 April 23 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
Breaking 2

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

by राम बहादुर रोकाहा
2026 April 23 मा प्रकाशित
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
Main News 1

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

by राम बहादुर रोकाहा
2026 April 23 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
Main News 1

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता
Main News 1

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा

दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा

2026 April 23 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

2026 April 23 मा प्रकाशित
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

2026 April 23 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

2026 April 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews