Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सडक लेन नजान्दा, नमान्दा

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
सडक लेन नजान्दा, नमान्दा
ShareTweetSend

रञ्जन अधिकारी पोखरा, ६ असोज / ‘आँच्या, न्युरोड जानुपर्ने मान्छेलाई सिर्जनाचोकतिर पो लखेट्यो । ढिला भा’बेला बर्बाद बनायो यो भाइले।’ रातो डिओ स्कुटीमा हुँईकिएकी युवती सडकमै भुत्भुताईन् । ३० वर्ष जतिकी गुरुङ थरकी ति महिलालाई सभागृहचोकमा बुधबार दिउँसो ट्राफिकले गलत साईडतर्फ स्कुटर चलाएपछि न्युरोडतिर जान दिएनन् र सिधै अगाडि जान निर्देशन दिए । त्यसपछि उनी एक्लै भुत्भुताउँदै अघि बढिन् । पृथ्वीचोकबाट न्युरोड जान उनले आफ्नो साईडको दायाँ तर्फको लेनमा चलाउनुपथ्र्यो । तर, न्युरोडतर्फबाट पृथ्वीचोक र सृजनाचोक जाने सवारी चलिरहेकाले दायाँ तर्फको लेनमा सवारी रोकिएका थिए । बायाँतर्फ खाली देख्दा हुँईकिएर सभागृहचोकबाट न्यूरोड मोड्न खोज्दा ट्राफिकले बाटो छेके ।

सडक लेन सम्बन्धी ज्ञान नहुँदा न्युरोड जानुपर्ने मान्छे यसरी सिर्जनाचोकतर्फ जानुप¥यो । ट्राफिकले लेन सम्बन्धी ज्ञान नभएकोलाई पहिलो पटक सम्झाउने तर विवादमा उत्रनेलाई कारवाही गर्ने गरेको बताएको छ । अटेर गर्नेलाई भने ५०० देखि १५०० सम्म ठाउँको ठाउँ कारवाही गर्छन्। ति महिलाजस्तो सबैले नजानेरै लेन अनुशासन पालना नगरेको भने होईन । कतिले बुझ पचाएरै ट्राफिकलाई अटेर गर्ने गरेको गुनासो प्रहरीको छ ।

विहीबार मात्रै ग६प १५०१ नम्बरका मोटरसाईकल चालक विमल श्रेष्ठलाई ट्राफिक ईशारा उल्लंघन गरेकै कारण १५०० को जरिवाना लगाईयो । निषेधित ठाउँमा पार्क गर्ने ग१ख ३६९९ का सुकबहादुर सुनारले १ हजार रुपैंया सजाय स्वरुप तिरे । जेब्रा क्रसिङमा रोक्ने ग१ज ४१२७ नम्बर ट्याक्सीका नरप्रसाद सुनारले ५ सय बुझाए । सवारी चलाउँदा मोबाईल फोन प्रयोग गरेको हुँदा ग१व ४०१ नम्बरका माधवराज तिमिल्सिना ५ सय जरिवानामा परे । अरुलाई खतरा हुने गरी सवारी चलाउने ग १ ज ६०७९ नम्बरका ट्याक्सी चालक अर्जुन लामा र ग १ ख ५१४३ नम्बरका ट्रक चालक झ्यामबहादुर सुनारलाई जनही १ हजार तिराएर कारबाही गरियो । यसरी सडकलेनसँगै विभिन्न तरिकाले ट्राफिक नियम उल्लंघन गर्दा चालकहरु कारबाहीमा पर्ने गरेका छन् । कारवाहीमा पर्नेमा मोटरसाईकलको संख्या नै अधिक छ ।

‘माछा जस्तो जता खाली ठाउँ उतै’ तरिकाले सवारी चलाउनेको जमात बाक्लो रहेको बताउँछन् प्रहरी सहायक निरीक्षक पूर्णबहादुर अधिकारी । ‘सडक लेन स्पष्ट छ, रेखांकन गरिएको छ । त्यतिले पनि भएन भनेर पृथ्वीचोक र सभागृहचोकमा कोन नै ठड्याएर डोरी लगाएर रोड डिभाईड गरिएको छ’– उनले भने– ‘लेन सम्बन्धी ज्ञान नहुनेहरुलाई हामी एकपटक सम्झाउँछौं । अधिकांश चाहिँ जानेरै नियम लत्याउन खोज्छन् ।’

सडक लेन पालना गराउन मुख्य तीन समस्या जनचेतनाको कमी, सडकको दुरावस्था र अव्यवस्थित पार्किङ नै देख्छन् ट्राफिक प्रहरी । पृथ्वीचोकबाट स्याङ्जा जाने बस छुट्ने ठाउँमा, सभागृहबाट पृथ्वीचोकसम्म जथाभावी पार्किङ हुने गरेका छन् । जसले लेन पालनामा समस्या हुने गरेको सवारी चालकहरुले गुनासो गरेका छन् । सभागृहसम्मै नगरबसले कब्जा गर्दा बायाँ साईड कब्जा गरेपछि लेन पालना गर्न कठिनाई देखिएको उनीहरुको भनाई छ । तीव्र गतिमा दायाँ लेनमा गुडिरहेको सवारी यात्रु हाल्न वा रोक्न एक्कासि बायाँ लेनमा जाने, तीव्र गतिमा गलत लेनमा सवारी चलाउने, जता खाली उतै सवारी घुसाउने गर्दा बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

अधिकांश दुर्घटना सडक लेन अनुशासन पालना नगरेरै भएको छ । काठमाडौंमा हुने गरेका अधिकांश दुर्घटनाको मुख्य कारण नै लेन अनुशासन पालना नगर्नु रहेको प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकको बुझाई छ । दुई वर्षअघि कास्की ट्राफिकमा कार्यरत उनी त्यसपछि काठमाण्डौमा कोटेश्वर, ट्राफिक महाशाखा र स्वयम्भु क्षेत्रमा काम गरेर फेरि कास्की नै आएको १५ दिन जति मात्र भयो । ‘पोखरामा सवारीको चाप अत्यधिक भईसकेको रहेछ । पोखराको मुख्य चोक हेर्ने हो भने काठमाण्डौं भन्दा कम छैन’ – पाठकले भने– ‘सडक लेन पालना नगर्नेहरु अधिकांश छन् । सीमित संख्यामा प्रहरी तर बढ्दो सवारी चापका कारण चुनौति थपिएको छ ।’ पोखराका मुख्य मुख्य चोकहरु पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, महेन्द्रपुल र बिपी चोकलाई लेन अनुशासनतर्फ केन्द्रित गरेको उनले जनाए । सवारी ईजाजत पत्र लिँदा नियम सम्बन्धमा लिखित परीक्षा लिने कारण नै यही अनुशासनका लागि भएको भन्दै उनले पालना नगरे एकछिनको हतारोले ज्यान नै जाने खतरा रहने उल्लेख गरे । सडक रेखा सम्बन्धी ज्ञान हरेक चालकलाई हुनुपर्ने भन्दै उनले ओभरटेक गर्न नहुने, सिधा जाने, दाँया बायाँ जाने रेखाबारे थाहा नहुँदा दुर्घटना हुने गरेको बताए । बायाँ लेन ठूला सवारी साधनलाई तथा स्पीड चलाउने, साना सवारी दायाँ लेनमा गुडाउन पनि आग्रह गरे ।

कास्की ट्राफिकले दैनिक ५० बढिलाई सडक लेन अनुशासन पालना नगरेकै कारण कारवाही गर्ने गरेको कार्यालयले जनाएको छ । पोखरामा लेन अनुशासन पालनामा कडाई गर्न थालेको भने तीन महिना मात्रै भयो । सुरुसुरुको तुलनामा अहिले चालकहरु सुध्रिदै गएको प्रहरी नायव निरिक्षक शिव थापाले बताए । पोखराका सडकमा ९० प्रतिशत सवारी चलाउनेहरुले ट्राफिक नियमको हेक्का नराख्ने वा वास्ता नगर्ने ट्राफिक प्रहरीको गुनासो छ । सबैभन्दा बढि कलेज पढ्ने युवाहरुले नियम मिच्ने गरेको फिल्डमा खटिने जवान सूर्य जैसीले जनाए । ‘सडकमा ट्राफिक देख्नासाथ इमान्दार देखिने तर ट्राफिकको आँखा छल्नासाथ नियम मिचिहाल्ने समस्या छ’ उनले भने– ‘कतिले त बाईक हुँईकाएर भागिहाल्छन् ।

अब ट्राफिक नियम सम्बन्धमा विभिन्न स्थानमा सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएकोमा सडक लेन पालना सम्बन्धमा कक्षा सञ्चालन गर्ने तयारी गरेको सई पाठकले बताए । गत आर्थिक वर्षमा आठ हजार चार सय २० जनालाई ट्राफिक सचेतना कक्षामा सहभागी गराईएको कार्यालयले जनाएको छ ।

‘अधिकांश दुर्घटना सडक लेन अनुशासन पालना नगरेरै भएको छ । तीव्र गतिमा दायाँ लेनमा गुडिरहेको सवारी यात्रु हाल्न वा रोक्न एक्कासि बायाँ लेनमा जाने, तीव्र गतिमा गलत लेनमा सवारी चलाउने, जता खाली उतै सवारी घुसाउने गर्दा बढी दुर्घटना हुने गरेका छन् । ट्राफिकले अटेर गर्नेलाई ५०० देखि १५०० सम्म ठाउँको ठाउँ कारवाही गर्ने गर्छन् ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Breaking 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
Breaking 2

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
Main News 1

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
गण्डकी क्षेत्र

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

by राम बहादुर रोकाहा
2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 15 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

2026 June 15 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews