Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नेहा (याेरूना) हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या

अभियुक्त सतिशसँग सम्बन्ध यस्ताे थियाे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
नेहा (याेरूना) हत्या प्रकरण: यौन प्रस्ताव अस्विकार गरेपछि हत्या
ShareTweetSend

पोखरा । ‘ह्वाट इफ अल द आर्मीज् लुज देयर जब्स् ?’ लेखिएको रातो रंगको हुड, खैरो ट्रयाक, लामो कपाल पालेका, निराश अनुसार । यो हुलिया थियो । ‘सबै सुरक्षाकर्मीहरु जो आफ्नो जिम्मेवारीबाट च्युत हुन्छ अनि के हुन्छ?’ यस्तो मर्मस्पर्शी शब्द छातीमा बोके उनले तर व्यवहारतः चुके । छातिमा टाँसिएको वाक्यांश झैं सुरक्षाकर्मी उनलाई पक्राउ गर्न भने चुकेनन् ।

सोमबार दिउँसो ठीक साढे १ बजे । जिल्ला प्रहरी कार्यालय, कास्कीको छतमा खचाखत सञ्चारकर्मीमाझ उभ्याईएका थिए सनसनीपुर्ण योरुना हत्या घटनाका अभियुक्त कृतन खड्गी । गत माघ १८ गते राति भएको घटनाको अभियुक्तलाई कास्की प्रहरीले ठ्याक्कै एक हप्तामा सार्वजनिक गरेको हो । अभियुक्त पोखरा ९ नयाँबजारका २१ वर्षीय कृतनलाई सबैलेसतिश नामले चिन्छन्। बाहिरको आवाज चर्को आयो ‘हत्यारालाई फाँसी दे’, ‘हत्यारलाई बाहिर ले’ । घोसेमुण्टो लगाएर प्रहरीमाझ उभिएका सतिश झुलुक्क बाहिर चियाउन प्रयास गरे । बाहिर भिड बाँक्लिँदै थियो । जिप्रका कास्कीको गेट बाहिर प्रहरीको बाक्लो उपस्थितिबीच नाराबाजी चर्को थियो ।

उनीहरु थिए गत माघ १९ गते बिहान पोखरा नयाँगाउँमा मृत फेला परेकी योरुना पुन (नेहा) का आफन्त तथा न्यायका पक्षधरहरु ।चार वर्ष नपुग्दै बुबाको निधन भयो । सबै जिम्मेवारीको वहन गर्नुपर्ने दायित्व थियो सतिशको । एक्ली आमाको सहारा बन्नुपर्ने सतिश आफ्नै साथीको हत्या गरेर अपराधीको कलंकको टीका लगाउँदै जेलमा रहनेछन् अब । महिला दिवसका दिन मार्च आठमा सतिशले फेसबुकमा स्टाटस लेखे ‘आज नारी दिवस, रेस्पेक्ट देम गाईज, दे मिन्ट अ लट फर अस ।’

आज त्यहि सतिश एक नारीको हत्या अभियोगमा प्रहरी हिरासतको चिसो छिँडिमा छन् । यौनको भोक जागेका बेला नशाको सुरले सधैं समसाथमा रहने साथीको हत्या गरेपछि रोएर दिन बित्नेछ उनको ।नेहाको हत्या भएको ठीक एक हप्ताअघि सतिशको जन्मदिन थियो । २५ जनवरीमा फेसबुकमा पहिलो बर्थडे विश योरुना पुन मगरको नाममा छ । राति १२ बजेर १९ मिनेटमा उनले लेखेकी छिन् ‘ह्याप्पी बर्थडे प्यारो दाइ । गड ब्लेश यु दाइ ।’ र सतिशले सबेरै जवाफ फर्काएका छन् ‘थ्यांक यु सो मच बहिनी’ ।

साथीको सम्बन्ध रहेपनि सतिशलाई नेहाले दाई भन्ने गर्थिन् । ओपन हाउसमा बर्थडे सेलेव्रेशन सहितका फोटोहरु पनि सतिशले अपलोड गरेका छन् । उनीहरुबीचको सम्बन्ध कति गाढा थियो भने सतिशका कभर फोटो सहितका प्रायः फोटोहरुमा नेहा नै छिन् । नेहाको कभर फोटोमा समेत सतिश सहितका केटाहरु छन् । नेहाका निकट साथीका अनुसार उनले सतिशलाई मन पराउने थिईनन् । उनले गुरुङ थरका अर्का युवकलाई मन पराउँथिन् । नेहा र सतिश दुवै एल.ए. उच्च माविमा पढेका हुन् । नेपाल भारत मैत्री विद्यालयबाट एसएलसी पास भएपछि नेहा एलएमा पढिन् र हालै प्रकाशित १२ कक्षा नतिजामा उनलाई दुई विषय लागेको छ ।सतिशको गेम हाउस थियो । सबै साथीहरुसँग उनी निकट थिए । नेहा जस्तो निकट साथीको हत्यापछि साथीहरु समेत अचम्मित छन् । सतिश मःमः युजर नेम भएको सतिशको वालमा सीमा लामिछानेले लेखिन्– ओ माई गड । मोमो तैले के गरिस् यस्तो ? आई क्यान्ट विलिभ तैले यस्तो गरिस् भनेर । के सोचेको थिएँ तलाईं । कित यस्तो गिरेको काम गरिस् ?’

यस्तै, नेवार्नी केटी सपनाले लेखेकी छिन्– ‘मोमो साथी किन गरेउ यस्तो गल्ती तिमीले ? गर्न हुन्थेन तिम्ले यो गल्ती । मैले त सोचेको पनि थिएन यस्तो गल्ती गर्छौ भनेर ।’सानैदेखि घमण्डीका रुपमा छिमेकीले चिन्ने गरेपनि साथीहरुमाझ प्रिय थिए सतिश र सबैले मःमः नामले बोलाउथे । अभियुक्तका रुपमा सार्वजनिक भएपछि सोमबार फेसबुकको सर्च बटनमा सतिशको प्रोफाईल पपुलर सर्चका रुपमा दर्ज गरेको छ ।दिउँसो तीन बजेसम्म उनलाई ६३ हजार बढिले हेर्न खोजेको देखिन्छ ।

१०६४ जना लिस्टमा रहेको उनलाई कतिले त सुरुदेखि अन्तिमसम्मका पोष्टमा गाली गरेका छन् भने सयौंले ओपन प्रोफाईल रहेको सतिशलाई अश्लिल गालीको वर्षा गरेका छन् ।

यसरी भयो हत्याः

पोखरा १५ नयाँगाउँ घर भएकी १८ वर्षकी नेहाको पनि सानैमा बुबाको निधन भईसकेको छ । एउटी दिदी नदिपुर बस्छिन् । आमगर भाषाको चलचित्रकी नायिका समेत रहेकी उनी निडर, हक्की स्वभावकी थिईन् । नेहा केटीहरुको साथमा भन्दा केटाहरुको ग्यांगमा हिँड्न रुचाउँथिन् । हत्याको केहि हप्ता अघि उनलाई केहि केटीका समुहले कुटपिट समेत गरेका थिए ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले पत्रकारहरुसँग घटनाको यसरी बेलिविस्तार सुनाए ।

‘पोखरा न्युरोड स्थित स्माईल क्याफेमा रिसेप्सनिष्टका रुपमा कार्यरत नेहा हत्या भएको दिन माघ १८ गते सोमबार न्युरोडको ओपन टेबल रेष्टुरेण्टमा नेहा, सतिश सहितका साथीहरु मिलेर ड्रिंक गरेका थिए । राति ९ बजेतिर कृतनले पहिलेझैं योरुनालाई आफ्नो मोटरसाईकलमा राखेर घर पु¥याएन गए । तर, नयाँगाउँ पुग्ने बेलामा सतिशले नेहालाई लेकसाईड घुमौं र त्यतै होटलमा बसेर राति रमाईलो गरौं भने । दाइ भन्दै आएको सतिशले यस्तो प्रस्ताव गरेपछि नेहाले अश्लिल शब्दमा गालि गरिन् ।

त्यसपछि गाली सुनेर रिस थाम्न नसकी नशाको सुरमा सतिशले हेल्मेटले टाउको पछाडी प्रहार गरे । टाउको अगाडि भागमा पनि प्रहार गरे । नेहा ढलिन् ।’‘सामुहिक बलात्कारपछि हत्या…’ शीर्षकमा समाचारहरु पत्रपत्रिका, रेडियो लगायत सामाजिक सञ्जालमा भाईरल भए । यसैकारण पनि सरस्वती लिम्बुको हत्या घटना सेलाईरहँदा नेहा हत्याको घटनाले पोखरामात्र होईन काठमाण्डौं नै तात्यो । बलात्कार नै हो त?

अभियुक्तको बयान र पोष्टमार्टम रिपोर्ट आधारमा एसपी पाल थप्छन्– ‘सामुहिक बलात्कार अर्थात् यौनसम्पर्कको कुरा देखिएन । जब राति रमाईलो गर्ने प्रस्ताव नेहाले मानिनन् । मापसेको सुरमा सतिशले नेहालाई हेलमेट प्रहार गरे । ढलेपछि उनको कपडा खोलेर यौन सम्पर्क गर्न खोजेको तर टाउको, कान र नाकबाट रगत बहेकाले डराएर छाडेर घरतर्फ हिँडेको देखिन्छ ।’अर्धनग्न शवको कारण बताएका एसपी पालले कालो कपडकाको बारेमा भने प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यलाई जानकारी गराउन निर्देशन दिए ।

घटनाको अनुसन्धानका लागि नेतृत्व गरेका बज्राचार्यले कालो कपडा नेहाकै सल भएको बताए । तर, घटनाको प्रत्यक्ष अवलोकन गरेकाहरुले त्यो सल नभएको र अर्कै ठुलो कालो कपडा भएको बताउँछन् । त्यो कालो सल चाहिँ कसले छोपेको ? प्रश्न सोझिएपछि थप अनुसन्धानकै क्रममा रहेको भन्दै बज्राचार्यले भनिहाले– ‘सबै कुरा आज सकिएको भए त भोलि नै फाईल बुझाए भईहाल्यो नि । अझै क्लियर हुनुपर्ने कुरा छन् ।’ प्रहरीको यस भनाईले आशंकाको ठाउँ रहन्छ । सतिशले मात्र हत्या गरेको भएपनि राति पिउने क्रममा अरु साथीहरु पनि रहेका कारण उनीहरुको संलग्नता छ कि छैन ? सतिशले हालसम्म आफु मात्र जिम्मेवार रहेको स्वीकार गरेका छन् र यसै आधारमा हत्यारा सार्वजनिक गर्न चौतर्फी दबाबका बीच प्रहरीले हतार गरेको हो ।

डिएसपी बज्राचार्यका अनुसार नेहाको मृत्यु अत्यधिक रक्तश्रावबाट भएको हो । थप अनुसन्धानका लागि रिपोर्ट काठमाण्डौं पठाईएको उनले बताए । बज्राचार्यले पनि बलात्कार हुने अवस्थाहरु केहि नदेखिएको प्रष्ट पारे । हत्या भएको दिन सतिशले आफ्नो हङकङ जाने साथीले दिएको पार्टीमा नेहालाई सहभागी गराएका थिए । यही आधारमा हत्यापछि उनी सहितका साथीहरु, स्माईल क्याफेका कर्मचारीहरुलाई निगरानीमा राखेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा प्रहरी निरीक्षकहरु देवी पौडेल, गणेश बम गंगा थापा, बेद जोशी लगायत सहभागी थिए ।

सरस्वती लिम्बुको हत्या चाहिँ ओझेलमा !

समयका हिसाबले नेहाको भन्दा सरस्वतीको हत्या अघि भएको थियो । मोरङ घर भएकी लिम्बुको शव पोखरा ५ मालेपाटन शान्तिनगरमा भेटिएको थियो । ४० वर्षीया लिम्बुको मृत्यु पनि टाउकोमा चोट लागेर नै भएको थियो ।

पोखरा ५ जागृतिमार्गमा डेरामा छोरासँग बस्दै आएकी उनको मृत्यु के कारणले भएको हो भन्ने बारे कास्की प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । एसपी हरिबहादुर पालका अनुसार सरस्वती लेकसाईड खहरे स्थित एक होटलमा काम गर्थिन् ।उनी राति साढे ९ बजेतिर कामबाट फर्कने र सदाझैं घटना भएको दिन माघ १६ गते पनि घर आएर राति सुतेपछि बाहिर निस्किएकी थिईन् । १० वर्षदेखि श्रीमानको पत्तो नभएका लिम्बु मानसिक विमारी रहेको पाल बताउँछन् । माघ १६ गते राति अन्दाजी १० बजेतिर घटनास्थल वरपर लिम्बु हिँड्ने, बर्बराउने गरेकाले उनको मृत्यु कसरी भयो भन्नेबारे यसै भन्न सक्ने अवस्था नभएको पालले बताए ।

८–१० वर्षदेखि मानसिक अवस्था ठीक नभएको तर होटलमा काम गर्दै आएकी भनेर पालले बताएपछि यसबारे थप जिज्ञासा राख्दा अनुसन्धानकै क्रममा रहेको र हत्या वा आफैं लडेर मृत्यु भएकोबारे भन्न नसकिने बताए । नेहाको हत्या सम्बन्धमा पोखरादेखि राजधानी नै तातेको बेला सरस्वतीको केशलाई पनि कम नठान्न सुझाव रह्यो।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग
Breaking 1

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश
Breaking 2

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
Main News 1

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ
Main News 1

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित
बुबाको हत्या आरोपमा छोरालाई कारागार
Breaking 2

बुबाको हत्या आरोपमा छोरालाई कारागार

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित
स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस
Main News 1

स्याङ्जामा नेकपा एमालेका चार नेता पार्टीबाट निष्कासित

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

2026 March 14 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

2026 March 14 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

2026 March 13 मा प्रकाशित
बुबाको हत्या आरोपमा छोरालाई कारागार

बुबाको हत्या आरोपमा छोरालाई कारागार

2026 March 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews