कोरियनसँग स्टण्ट सिक्दै कैटरीना र सलमान

By: गण्डकी न्यूज - फाल्गुन २१ २०७७ शुक्रबार १३:४८-

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ आफ्नो आगामी एक्सन फिल्म ‘टाइगर ३’को तयारीमा जुटिसकेका छन् ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार मार्च ८ बाट सुटिङ सुरु हुने फिल्ममा सलमानसँगै कटरीना पनि एक्सन अवतारमा देखिँदैछिन् । फिल्मका लागि कटरीना दक्षिण कोरियाली स्टण्ट टिमसँग १४ दिनका लागि एक्सन सिकिरहेकी छन् ।

आफ्नो फिटनेसका लागि चिनिएकी कटरीना एक्सन दृश्यका लागि निकै तयारी गरिरहेकी छन् । कटरीना आफ्नो ट्रेनरका साथ नियमित तालिका फलो गरिरहेकी छन् । फिल्मका निर्माता कटरीनाको तालिमलाई ध्यानपूर्वक हेरिरहेका छन् । सलमान पनि यही स्टण्ट टिमसँग तालिम लिइरहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर